logo-img

सभामुख घिमिरेले भने - सदनको गरिमा बढाउन भूमिका खेल्नेछु

प्रतिनिधिसभाको शनिबारको बैठकमा पहिलो सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले सभामुखमा निर्वाचित भइसकेपछि आफूले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर संवैधानिक मर्यादा र भूमिकालाई इमान्दारीपूर्वक निभाउने प्रतिवद्वता जनाएका छन् । उनले सभामुखको तटस्थ निष्पक्ष र समन्वयकारी भूमिकामा आफू सचेत र क्रियाशील रहेको बताए ।

सभामुखमा निर्वाचित भएपछि पहिलो पटक सभा सञ्चालन गर्नु अगाडि उनले आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिए दिँदै उनले विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने बाचा गरे हुन् ।

‘नेपालको संविधानले अंगिकार गरेका मुलभूत मान्यताहरुको संरक्षण, सम्बर्द्धन र विकास गर्दै संविधानवाद र कानूनको शासनप्रति प्रतिबद्ध रहेर नै हामीले अंगिकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्य प्रति हामी सबै प्रतिबद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन’, उनले भने, ‘नेपालको संविधानले अंगिकार गरेको जनतामा निहित सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधि सभा गठन भएको छ । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो ।’

 





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार १३:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया