नेपाल क्रिकेट संघ क्यानको कार्यसमितिलाई निलम्बन गर्न सुझाब आएको छ ।
राष्ट्रिय खेलकुद परिषदको नेपाल टि–२० लिग छानबिन समितिले यस्तो सुझाब दिएको हो ।
राखेपले लिगमा स्पट फिक्सिङको आशंका देखिएपछि राखेपका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
पाँच सदस्यीय छानबिन समितिले बुधबार प्रतिवेदन बुझाउँदै क्यानको कार्यसमितिलाई निलम्बन गर्न सुझाब दिएको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।