logo-img

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै
फाइल फाेटाे

नेकपा एकीकृत समाजवादी पार्टीले घनश्याम भुसाललाई महासचिव बनाउने भएको छ । त्यसका लागि पार्टीले तयारी थालेको हो ।

सचिवालय सदस्यको जिम्मेवारीसहित गत पुस २९ गते एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाललाई पार्टीले महासचिवको जिम्मेवारी दिन लागिएको हो । उ


एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको एक नेताले बताए । 

यही माघ  २१ र २२ गते एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ । सोही बैठकबाट भुसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भइरहेको बताइएको छ । 

गत २३ असोजमा  एमाले परित्याग गरेका भुसालले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएपनि चुनाव जित्न भने सकेनन् । 





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १४:०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया