logo-img

एकीकृत समाजवादीले वामदेवलाई वरिष्ठ उपाध्यक्ष बनाएर भित्र्याउने, घनश्याम भुसाल महासचिव बन्दै

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमाले छाडेका घनश्याम भुसालपछि अर्का नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने तयारी गरेकाे छ । गाैतम मात्र हाेइन, एकीकृत समाजवादीले एमाले नेता भीम रावलसँग पनि संवाद जारी राखेको छ । 

एकीकृत समाजवादीमा प्रवेशका लागि गाैतम राजी भइसकेका छन् भने रावल पनि सकारात्मक रहेकाे बताइन्छ । गौतमलाई कार्यकारी अधिकारसहित वरिष्ठ उपाध्यक्ष दिने अध्यक्ष नेपालको तयारी छ । 

त्यस्तै, हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरेर घनश्याम भुसाललाई महासचिवकाे जिम्मेवारी दिने तयारी छ । भीम रावलसँग पनि कुरा मिले उनलाई समेत उपाध्यक्ष दिनुपर्ने अवस्थामा नेपाल छन् । 

यसअघि पुस ३० गते बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यको जिम्मेवारी दिएको थियो । उनलाई अब बस्ने बैठकले महासचिवको जिम्मेवारी दिने सम्भावना रहेको बताइन्छ । 
 





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १६:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया