माओवादी स्थायी कमिटी बैठकमा पार्टी एकताबारे ब्रिफिङ

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनात्मक प्रस्ताव पेस गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा उनले पार्टीका विभिन्न विभागलाई पूर्णता दिने, संगठन सुदृढीकरण र विस्तार गर्नेबारे प्रस्ताव राखेका हुन् ।

उपमहासचिव शर्माको प्रस्तावमाथि छलफल चलिरहेको नेता दीनानाथ शर्माले जानकारी दिए । बैठकमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकताका लागि भएका पछिल्ला प्रयासबारे भनाइ राखेका छन् ।  

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ । बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा ब्रिफिङ गर्दै प्रतिवेदन पेस गरेका थिए ।  





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १५:४२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया