logo-img

रवि लामिछानेको पक्षमा प्रदर्शन

सर्वोच्च अदालतले रवि लामिछानेले प्रयोग गरिरहेको नेपाली नागरिकता अवैध भएको ठहर गर्दै उनका सांसद, मन्त्री, संसदीय दलको नेता तथा पार्टी सभापति सबै पद खारेज गरिदिए पछि उनको पक्षमा प्रदर्शन भएको छ । 

काठमाडौंमा शनिबार उनीमाथि अन्याय भएको भन्दै केही प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीले रवि लामिछानेको पक्षमा नारा लगाएका छन् ।

उनीहरुले देश बनाउने अभियानमा रवि लामिछाने लागेको र त्यसका कारण उनलाई फसाइएको आरोप लगाएका थिए । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले भने लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनःप्राप्तिका लागि कुनै कदम नचालेको भन्दै उनले अमेरिकी नागरिकता लिनुभन्दा पहिलेको नागरिकता अवैध भएको ठहर गरेको हो ।





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार १७:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया