logo-img

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाँदै
फाइल तस्बिर

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलंका जाँदैछिन् । श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उनी श्रीलंकाको राजधानी कोलम्बो जान लागेकी हुन् । परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । 

उनले श्रीलंका भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने भएकी छन् । मन्त्री पौड्यालले शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने बताइएको छ । 

माघ २१ गते उनले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि भेटवार्ता गर्ने भएकी छन् । माघ २५ गते परराष्ट्रमन्त्री पौड्याल स्वदेश फर्किने छिन् ।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन् । 





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १०:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया