logo-img

माघ २७ र २८ गते विवेकशील साझाकाे महाधिवेशन, डा.बाबुराम भट्टराई अतिथि

विवेकशील साझा पार्टीले यही माघ २७ र २८ गते राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन गर्ने भएको छ । पार्टीको महाधिवेशनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई अतिथि हुने भएका छन् ।

पार्टी अध्यक्ष समीक्षा बास्कोटाले समाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले महाधिवेशनको निमन्त्रण स्विकारेको जानकारी दिएकी छिन् ।

‘निम्तो स्विकारोक्तिका लागि हार्दिक कृतज्ञता । नेपालको वैकल्पिक राजनीतिका प्रबल अभ्यासकर्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विवेकशील साझा पार्टीको ऐतिहासिक महाधिवेशनको निमन्त्रणा स्वीकारका लागि हार्दिक धन्यवाद,’ उनले लेखेकी छिन् ।





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार १७:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया