logo-img

विवेकशील साझाको महाधिवेशन सुरु, सिकेदेखि बाबुरामसम्म उपस्थित

विवेकशील साझा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ।

पार्टी महाधिवेशनको उद्घाटन सत्रमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेता उपस्थित छन् ।

महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तथा विभिन्न दलका नेताहरूलाई पनि निमन्त्रणा गरिएको छ । 

कार्यक्रममा देशभरबाट ४ देखि ५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । आज उद्घाटन कार्यक्रम र बन्द सत्र हुने र भोलि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गरिने नेता मिलन पाण्डेले जानकारी दिए ।   





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार १२:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया