logo-img

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । काठमाडौंमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बाँस्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् । 

केन्द्रीय निर्वाचन समितिका अनुसार उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् भने महासचिवमा रञ्जुदर्शना सर्वसम्मत भएकी छन् । 

त्यस्तै, सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन भएका छन् भने कोषाध्यक्षमा दामोदर नेपाल निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुने भएको छ । आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्यको टुंगो निर्वाचनबाट लगाइने भएको हो । 

विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ । केहीबेरमै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार २०:५७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया