logo-img

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको मरिण गाउँपालिका–७ महेश्वता क्याम्पस चोकमा रोकिराखेको ना ३ त १६० नम्बरको ट्याक्टरसँग धमिलेबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मरिण गाउँपालिका–४ का ३३ वर्षीय जितेन्द्र माझी र सोही ठाउँका ३२ वर्षीय मेषबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।   





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार ११:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया