logo-img

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा पाँचजनाको उम्मेदवारी

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।  

अनेरास्ववियुको नयाँ अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्ष मोती विक, लोकेश निरौला र वाङ्छु योन्जनको उम्मेदवारी परेको छ ।  

अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेबाट मतदान हुँदैछ ।  

बडाल नेतृत्वको पूर्वकमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ ।

महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने अध्यक्ष मण्डल सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् ।

जारी  महाधिवेशनले १५/१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार ७:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया