logo-img

अनेरास्ववियु अध्यक्षका लागि चारजनाबीच प्रतिस्पर्धा, मतदान सुरु

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व चयनमा सहमति हुन नसकेपछि मतदानमा गएको छ ।  

अध्यक्षमा चारजना आकांक्षी भएपछि मतदानमा गएको छ । अहिले अध्यक्ष चयनका लागि मतदान सुरु भइसकेको छ । 

अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक र लोकेश निरौला मैदानमा छन् । 

पार्टी नेतृत्वले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरे पनि त्यो सफल नभएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो ।

वाङ्छु योञ्जनले पनि सुरुमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । मतदान सुरु हुनुभन्दा केही समयअघि उनले बडाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार १६:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया