राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् ।
राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उपाध्यक्षमा मनोनयन गरेको हो ।
उनी केही समय राप्रपा अध्यक्षमा पराजित भएका कमल थापासँगै राप्रपा नेपालमा गएका थिए, तर छोटो समयमै उनी पुरानै पार्टीमा फर्किएका थिए ।
पौडेल रास्वपा अध्यक्ष रवि लामिछानेका ससुरा हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।