प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच राष्ट्रपतिको निर्वाचनको विषयमा कुराकानी भएको छ । भावी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई लिएर दुई शीर्षनेताबीच कुराकानी भएको हो । 

राष्ट्रपतिमा कांग्रेस र एमालेले दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच कुराकानी भएको हो । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफ्नो पार्टीको बैठक बस्नुअघि अध्यक्ष नेपाललाई भेटेका हुन् ।





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार १६:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया