स्कटल्याण्डविरुद्ध टस जितेर नेपाल फिल्डिङमा, प्लेइङ–११ मा एक परिवर्तन

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध पनि नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल–स्कटल्याण्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा ९ बजेदेखि सुरु हुँदैछ ।  

आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । स्कटल्याण्डविरुद्ध नेपालले युवा अलराउन्डर गुल्शन झालाई विश्राम दिँदै स्पिनर ललितनारायण राजवंशीलाई मौका दिएको हो ।   

सिरिजमा नेपाल लगातार चौथो जित निकाल्दै नयाँ उपलब्धि हासिल गर्न चाहन्छ । हालसम्म लिग–२ सिरिजमा कुनै पनि टोलीले चारवटै खेल जित्न सकेको छैन । यसपटक नेपाल घरेलु मैदानको फाइदा उठाउँदै नयाँ उपलब्धि हासिल गर्ने योजनामा छ ।  

जारी श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई २, दोस्रो र तेस्रो खेलमा स्कटल्याण्ड र नामिबियालाई समान ३ विकेटले हरायो । नेपाल अन्तिम खेलमा लिग–२ च्याम्पियन स्कटल्याण्डलाई हराउँदै आफ्नो लय कायमै राख्ने योजनामा छ । 

स्कटल्याण्ड पनि सुखद अन्त्य गर्न चाहन्छ । लिग–२ मा उसका लागि यो अन्तिम खेल हो । ३५ म्याच खेलिसकेको स्कटल्याण्ड ५० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । छैटौँ स्थानमा रहेको नेपालको २४ अंक छ ।   

नेपालले २७ म्याच खेल्दा ११ मा, १४ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । शीर्ष तीनमा रहेर सिधै एकदिवसीय विश्वकप खेल्न नेपालले अब ९ म्याचमै जित निकाल्नुको विकल्प छैन ।



नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप जाेरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।



  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार ८:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया