राष्ट्रपतिको प्रस्ताव लिएर बालकोट पुगे लोसपा नेता

महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)का शीर्ष नेताहरु एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन्। 

ठाकुरसहित गएका लोसपाका नेताहरुले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको साझा व्यक्तित्व ठाकुर हुने भन्दै प्रस्ताव गरेका थिए, सोही प्रस्ताव लिएर साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका हुन् ।

‘प्रधानमन्त्रीलाई भेटेर सहमतिको राष्ट्रपति ठाकुरजीलाई बनाउन प्रस्ताव गरेका छौं, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभएको छ,’ सो पार्टीका नेता राजेन्द्र महतोले भने, ‘राजनीतिक दलहरुसँग छलफल चलिरहेको र त्यसका लागि केही दिन बाँकी रहेको प्रधानमन्त्रीले बताउनुभएको छ, पार्टीले पनि भावी राष्ट्रपतिको नाम प्रस्ताव गर्न अधिकार आफूलाई दिएकाले अहिले नै निर्णयमा भने नपुगिसकेको बताउनुभयो र हामी निस्क्यौं ।’ 

उनका अनुसार ओलीसँग साँझ भेटेपछि भोलि बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाटको समय तय भएको छ ।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १९:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया