logo-img

मछिन्द्र क्लब केपी ओली कपको सेमिफाइनलमा

‘ए’ डिभिजन क्लब मछिन्द्र केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार खेलमा चर्च ब्वाइजलाई २–१ गोलअन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो । 

मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठ र रञ्जित धिमालले एक/एक गोल गरे । एक गोल भने आत्मघाती भएको थियो । खेलको १६औँ मिनेटमै सुजलले फ्रिकिकमार्फत गोल गरेका थिए । 

डिबक्स बाहिर चर्च ब्वाइजका रक्षक अनोस मगरले फाउल गरेपछि रेफ्रीले मछिन्द्रले फ्रिकिकको मौका पाएको थियो । ४०औँ मिनेटमा रञ्जित धिमालले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए ।

गगनदीप सिंहले चेग गर्न नसकेको बललाई रञ्जितले गोलमा परिणत गरेका थिए । ६५औँ मिनेटमा चर्च ब्वाइजले खेलमा फर्किने मौका प्राप्त गरेको थियो । रक्षक छिरिङ गुरुङले बललाई फिल्प गरेर बचाउने प्रयास गरेका थिए । तर, उक्त बल आफ्नै पोस्टमा छिरेको थियो । जारी प्रतियोगितामा यो दोस्रो आत्मघाती गोल हो । 

शुक्रबार नै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) का कप्तान विक्रम धिमालले आत्मघाती गोल गरेका थिए । मछिन्द्रले फाइनल प्रवेशका लागि सोमबार केपी एफसी र जावलाखेल युथ क्लबको विजेतासँग खेल्ने छ । यी दुई टोलीको खेल शनिबार दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार १७:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया