logo-img

फागुन २२ सम्म नवीकरण नगर्ने विमा अभिकर्ताको लाइसेन्स खारेज हुने

बिमा प्राधिकरणले बिमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । 

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै फागुन २२ गतेसम्म बिमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेका अभिकर्तालाई आवश्यक कागजात पेस गर्न आग्रह गरेको हो ।

फागुन २२ गतेसम्म आवश्यक कागजात प्राधिकरणमा नबुझाए बिमा अभिकर्ता इजाजतपत्र नवीकरण नहुने सूचनामा जनाइएको छ ।

उक्त इजाजतपत्र नवीकरण गर्न एसएलसी वा सोभन्दा माथिको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड अनिवार्य बुझाउन भनिएको छ 





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार १९:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया