logo-img

घरमा प्रहरी आएपछि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खाने फरार

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । तोशखाना काण्डमा खानलाई पक्राउ गर्न प्रहरी उनकाे घरमा पुगेका थिए ।

आइतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो । पूर्वप्रधानमन्त्री खान नभेटिएपछि प्रहरी टोली रित्तै फर्केको छ । अदालतमा हाजिर हुनु तीन दिनअघि इस्लामबाद प्रहरी खानको घरमा पुगेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमले इमरान खान माथि मनाेवैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् । 

इस्लामाबाद प्रहरीले ट्विट गर्दै उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सूचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ । 

ट्विटमा भनिएको छ, ‘पक्राउ गर्ने नै उद्देश्यले गएको होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । हामीले इमरानलाई नभेटी फर्कनुपरेको छ ।’

प्रहरी आफ्नो घरमा आएपछि इमरान खानले ट्विट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र पूर्वसेना प्रमुख जनरल बाजवामाथि गम्भीर आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ?'



यसअघि इस्लामावाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो । 



  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १६:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया