यमनमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

यमनमा भएको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मंगलबार भएको सो दुर्घटना यमनको उत्तरी रेड सीमामा भएको हो ।

उक्त डुंगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ । उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुंगा डुबेको बताइएको छ । 

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ । आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुंगा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र ६ जना बालबालिका थिए ।

डुंगा डुबेपछि उद्धारको कार्य गरिएको र ६ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । –सिन्ह्वा 





  • प्रकाशित मिति : फागुन २४, २०७९ बुधबार १२:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया