logo-img

प्रचण्डमाथिको मुद्दा माओवादी आन्दोलन र गणतन्त्र धरासायी पार्ने योजना : धर्मेन्द्र बास्तोला

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाइएको विषयमा सबै माओवादी धारले एकजुट भएर मुकाविला गर्नुपर्ने बताएका छन् । 

बिहीबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्र नेपाल र पूरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप सो मुद्दा लगाइएको आरोप लगाए । 

बास्तोलाले प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको भन्दै उनले माओवादी आन्दोलनलाई सखाप पार्नका लागि व्यक्तिगत बनाई कानुनी रुपमा अगाडि ल्याइएको उनले बताए ।

प्रचण्डसँग आ–आफ्नै किसिमका विमति हुँदाहुँदै पनि आफ्नो धरातालमाथिको हमलालाई निस्तेज पार्न एकजुट हुनुको विकल्प नरहेको उनले बताए ।





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार २१:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया