उपराष्ट्रपति निर्वाचन : रामसहायसहित चारैजनाको उम्मेदवारी कायम

उपराष्ट्रपति पदको निर्वाचनमा मनोनयन दर्ता गरेका चारैजनाको उम्मेदवारी कायम भएको छ ।

शनिबार मनोनयन दर्ता गरेकाउपर परेका उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले चारैजना उम्मेदवारको नामावली प्रकाशन गरेको छ । 

मनोनयन दर्ता गराएका सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रकाशित गरिएको हो । 

जसपाले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राखेर प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने भएको छ ।





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १६:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया