उपराष्ट्रपतिमा एमाले उम्मेदवार शाक्यलाई समर्थन गर्ने लिङ्देनकाे संकेत

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपराष्ट्रपति निर्वाचनमा मतदानका विषयमा छिट्टै निर्णय गर्ने बताएका छन्। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदै छ। 

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार नगरेको दाबी गरे । 

राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभएर दुवैजना राजनीतिमा क्रियाशील व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएका कारण कसैलाई पनि मत नहालेको उनले प्रस्ट्याए । 

अध्यक्ष लिङ्देनकाे याे स्पष्टीकरणले राप्रपाले उपराष्ट्रपतिमा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाइ समर्थन गर्ने संकेत देखिन्छ । उपराष्ट्रपतिका चार उम्मेदवारमध्ये शाक्य राजनीतिमा लामाे समय क्रियाशील व्यक्ति हुन् ।

वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको भन्दै लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी हुने सोच पनि नरहेको बताए। 





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १६:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया