logo-img

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गर्न गएका प्रहरी र समर्थकबीच झडप

पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई)का अध्यक्ष इमरान खानलाई पक्राउ गर्ने तयारी गरेको छ । 

खानलाई गिरफ्तार गर्न लाहोरस्थित खाननिवास पुगेका इस्लामावाद प्रहरी र खानका समर्थकबीच झडप भएको छ। 

भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दामा उनलाई गिरफ्तार गर्न लागिएको इस्लामावाद प्रहरीका अधिकारीहरूले बताएका छन्। खानमाथि एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा महिला न्यायाधीशलाई धम्की दिएको आरोप छ। 

खानका समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन्। 

उनीमाथि प्रधानमन्त्री रहेका वेला राज्यका नाममा प्राप्त भएका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोग पनि छ। 





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार २१:४२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया