सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को तारेभीर नजिकै टिपरले च्यापिएर एकजनाको मृत्यु भएको छ ।
बाँगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको टिपर पल्टिँदा चालकको मृत्यु भएको हो ।
भे १ ख २२०५ नम्बराको टिपरर सडक किनारामा पल्टिँदा वीरेन्द्रनगर–२ टेम्पोपार्क बस्ने चालक ३२ वर्षीय उमेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ढुंगा झार्नेक्रममा टिपर अनियन्त्रित हुँदा चालक उमेश च्यापिएको प्रहरीको भनाइ छ ।
आइतबार बिहान १० बजेतिर घटना भएको र चालक च्यापिएको अवस्थामा छन् । शव निकाल्न क्रेन घटनास्थलमा पुगे पनि टिपर उठान नसकिएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।