logo-img

तनहुँ–१ उपनिर्वाचनका लागि कांग्रेसबाट १३ जनाको आवेदन

आगामी १० वैशाखमा तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १३ जनाले आवेदन दिएका छन् । 

कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले माग गरेअनुसार उपनिर्वाचनका लागि १३ जनाले आवेदन दिएका हुन् । 

आवेदन दिनेमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई, लक्ष्मी आचार्य, विष्णु पन्त, पूर्वजिविस सभापति रामचन्द्र पोखरेल, क्षेत्रीय सभापति श्याम मौरती, तनहुँ उपसभापति देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, डोबाटे विश्वकर्मा, अर्जुन अधिकारी र सरिता गुरुङ रहेका छन् ।     

आवेदन आएका नामहरू क्षेत्रीय कार्यसमितिले अब जिल्ला, प्रदेश हुँदै केन्द्रमा सिफारिस पठाउनेछ । क्षेत्रीय कार्यसमितिले तोकेअनुसार जनही ६ हजार शुल्क बुझाएर उनीहरूले उम्मेदवार हुन आवेदन दिएका छन् ।   

तनहुँ १ मा गत मंसिर ४ मा भएको चुनावमा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका थिए। गत फागुन २५ गते पौडेल राष्ट्रपति भएपछि यो क्षेत्र रिक्त छ । 





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार ७:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया