सेयर बजार १२.१० अंकले वृद्धि

साताको तेस्राे कारोबार दिन मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा आएर अडिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अंकले बढेर ३६०.४४ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो । साेही दिन नेप्से परिसूचक नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ विन्दुमा पुगेको थियो  ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।  नेप्से सूचकमा १४२ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । 

त्यस्तै, कारोबारको आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त इन्स्योरेन्सले ६ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । मंगलबार हिमालय डिस्टिलरी दोस्राे स्थानमा परेको छ ।

उक्त कम्पनीको ५ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।  सोमबार १३ उपसुचकहरु मध्ये विकास बैंक, फाइनान्स, निर्जीवन बिमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्सको ३.४८ प्रतिशत र म्युचुअल फण्डको २.५३ प्रतिशतले वृद्धि भएको छ। 

आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, श्रीजनशील लघुवित्त र एसियन हाइड्रोपावरको १० प्रतिशतको सेयर कारोबार भएको छ। यी कम्पनीले सर्वाधिक कमाएका छन् । यसैगरी महिला लघुवित्त ८.९२ प्रतिशत र नेरुदे लघुवित्त ७.९७ प्रतिशतको कारोबार भएको हो ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १६:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया