logo-img

एसईईलाई व्यवस्थित र भयरहित बनाउन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र भयरहित बनाउन आग्रह गरेका छन् । 

आज बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेका हुन् ।  

उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको समेत कामना गरेका छन् । एसईई परीक्षा आज बिहान ८ बजेदखि सुरु हुँदैछ । 

परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्षको एसईईमा ५ लाख १६ हजार ५ सय ९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जनाले जापानबाट एसईई दिँदै छन् । 





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार ७:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया