logo-img

खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन आचार्य

खोटाङ उद्योग वाणिज्य संघको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् । उनी ३३४ मतका साथ अध्यक्षमा विजयी भएका हुन् ।

आचार्यका प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीले १३८ मत प्राप्त गरे । निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कूल ६७१ मतदाता रहेकामा ४८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी भएका छन् । उनले सुमन श्रेष्ठलाई पराजित गरे । 

कोषाध्यक्षमा युधिर शाक्य विजयी भए । उनले नेत्रबहादुर कटवाललाई हराएका हुन् । संघको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टंकप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।  

वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए ।  





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार ८:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया