फेरि कोरोना बढ्दै, शुक्रबार १४२ जनामा संक्रमण

नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । गत २४ घण्टामा मात्र देशभर १४२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार ७९ जनामा गरिएको परीक्षणमा १४२ जनामा कोरोना पुष्टि भएको हो ।

आज संक्रमणदर १३ प्रतिशत पुगेको छ । चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा संक्रमण देखिएको थियो ।  

शुक्रबार थप ४ जना संक्रमित निको हुँदा देशभर सक्रिय संक्रमित संख्या १६३ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयले दिनहुँ कोरोना संक्रमित बढिरहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । 

मन्त्रालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र नजिकैको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो वा बुस्टर डोज खोप लगाउन पनि आग्रह गरेको छ ।  





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १८:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया