logo-img

लिड्सविरुद्ध आर्सनलको जितमा जेससको दुई गोल

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई ४–१ ले हराएको छ । 

गएराति सम्पन्न खेलमा आर्सनलको जितमा गाब्रिएल जेससले दुई, बेन ह्वाइट र ग्राइन्ट जाकाले एक/एक गोल गरे । ​रासमस क्रिस्टेनसेनले एक गोल फर्काए ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा जेससले ३५औँ मिनेटमा पेनाल्टीबाट आर्सनललाई सुरुआती अग्रता दिलाए । बेन ह्वाइटले ४७औँ मिनेटमा गोल गरेपछि आर्सनल २–० ले अगाडि बढ्यो ।



जेससले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले ३–० को अग्रता पायो । लिड्सका रासमस क्रिस्टेनसेनले ७६ औँ मिनेटमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । तर, ग्राइन्ट जाकाले ८४औँ मिनेटमा गोल गर्दै आर्सनललाई ४–१ को सानदार जित दिलाए ।

यो जितपछि आर्सनलले २९ खेलबाट ७२ अंक जोडेको छ । अब लिग लिडर आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध पुनः ८ अंकको अग्रता कायम राखेको छ ।



सिटी २८ खेलबाट ६४ अंकसहित दोस्रो स्थानमा छ । 



  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार ७:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया