logo-img

बझाङमा कांग्रेसलाई पछ्याउँदै एमाले, माओवादी ५ हजार बढी मतले पछाडि

बझाङ क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्य उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एकालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार कांग्रेसका अभिषेकबहादुर सिंहले ८ हजार ६ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले ८ हजार ३ सय ९६ मत ल्याएका छन् । उनीहरूबीच २ सय ३१ को मतान्तर रहेको छ ।

पछिल्लो अपडेटअनुसार भण्डारीले सिंहसँगको मतान्तर केही घटाएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार १ सय ५३ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका दीलबहादुर सिंहले २ हजार २८७ मत प्राप्त गरेका छन् । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काले २ सय २ मत प्राप्त गरेका छन् । अहिलेसम्म बझाङको जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छबिसपाथिभेरा, थलारा गाउँपालिका–९, सुर्मा गाउँपालिका र मस्टा गाउँपालिका १, २, ३ र ४ को मत गणना भइसकेको छ ।

अब मस्टा ५, ६ र ७, तलकोट गाउँपालिका र साइपाल गाउँपालिकाको मतगणना हुन बाँकी छ । गत शनिबार भएको उपनिर्वाचनमा कुल ६१ हजार ७४८ मतदातामध्ये ३० हजार ३ सय २८ जनाले भोट खसालेका थिए । 

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा विभिन्न दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ८:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया