logo-img

बारा–२ मा हाम्रो पार्टीको पनि समर्थन उपेन्द्रजीलाई नै हुन्छ : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् ।

उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए ।

‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’

आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदै छ ।

यसअघि लाेसपाले बारा २ मा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने चर्चा थियाे । महताे स्वयंले उपेन्द्रलाई समर्थन गर्ने बताएका कारण साे सम्भावना टरेकाे छ ।





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १७:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया