logo-img

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, प्रतिपक्ष दलले मुख्यमन्त्रीको राजीनामा माग्ने
फाइल तस्बिर

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्न लागेको हो ।  

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरूप बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए । 

आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विशेष समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यसूची रहेको छ ।  

सोमबार बस्ने बैठकमा कांग्रेससहित अन्य दलले मुख्यमन्त्री गिरीको राजीनामा माग्ने तयारी गरेका छन् । लुम्बिनीमा एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, माओवादीसहित ८ दलले समर्थन फिर्ता लिइसकेकाले सरकार अल्पमतमा छ ।  





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार १०:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया