भारतबाट नेपाल फर्कनेहरूमा कोरोना संक्रमण बढ्याे

भारतमा रोगजारी गरी नेपाल फर्कका नेपालीमा कोरोनाको संक्रमण देखिन थालेको छ ।  

भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाइ गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरूलाई संक्रमण देखिएको हो । 

नेपाल फर्कनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको छ । नेपाल फर्कने नेपालीहरुको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँगै परीक्षणको दायरा पनि बढाएको हाे । 

जमुनाहा नाकाबाट दैनिक करिब डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको छ । चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको थियाे । 

कोरोनाको पोजेटिभ देखिएकाहरुमा समान्य लक्षण देखिएकाले उनीहरुलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको छ । 





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १९:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया