logo-img

एसइई दिने छात्रालाई बलात्कार गरेर शिक्षक फरार

दाङमा एसइई दिने छात्रालाई बलात्कार गरेर शिक्षक फरार भएको प्रहरीले जानकारी दिएको छ । 

शान्तिनगर गाउँपालिका–७ धनौरीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेलमाथि बलात्कारको आरोप लागेकाे हाे । 

छात्रालाई बलात्कार गरेर पौडेल भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

आरोपित शिक्षकले सोमबार राति विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई बोलाएर बलात्कार गरेकाे घटना सार्वजनिक भएको हाे । 

शिक्षक पौडेलका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी परेपछि प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।





  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार १७:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया