logo-img

मुगुमा २६ वर्षीय प्रहरी जवानले गरे आत्महत्या

मुगुमा बुधबार दिउँसो एक प्रहरी जवानले आत्महत्या गरेका छन् । 

जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का २६ वर्षीय अनिल बुढाले दिउँसाे पाैने ३ बजेतिर आत्महत्या गरेका हुन् । 

उनले छायानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

उनी हाल नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत नेपालगन्ज कोहलपुर बाँके दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मुगुमा काजमा खटिएका थिए । उनी अस्थायी प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक महेशले बताए ।  

मृतककाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 





  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार १८:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया