संसद् र देशलाई उपेन्द्र यादवको खाँचो छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् र देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं बारा–२ बाट उमेदवारसमेत रहेका यादवको निर्वाचन क्षेत्र पुगेका नेपालले यस्तो बताएका हुन् ।  

‘सिंगो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ । त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्यधिक मत दिएर विजयी गराउन एकीकृत समाजवादीको पार्टीपंक्ति एवं सिंगो बारावासीलाई आग्रह गर्दछु,’ नेपालले भने । 

नेपालको राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेस विद्रोहको उच्च स्थान रहेको पनि उनले बताए ।  





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १३:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया