logo-img

मधेस सरकार र चुरे तथा वन संरक्षण अभियानबीच सहमति

मधेस प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबिच पाँच बुँदे सहमति भएको छ । आइतबार मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितीमा प्रदेश सरकार र चुरे वनजंगल संरक्षण अभियानबिच यस्तो सहमति भएको हो । 

योसँगै चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले जनकपुरधामस्थित जनकचोकमा गरिरहेको आमरण अनसनसमेत स्थगित भएको छ भने आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैदेखि फिर्ता लिइएको छ ।

प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबिच भएको सम्झौतामा स्थानीय सरकारले एकीकृत भूमिहीन बस्तीका लागि जग्गा उपलब्ध गराउनुका साथै सोबारे सिफारिस गरेमा प्रदेश सरकारले बस्ती निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुका साथै निर्माण गरेपश्चात उक्त बस्ती अन्तर्गतका आवासहरु व्यवसायिक प्रयोजनका लागि विक्री वितरण गर्न नपाइने सहमति पत्रमा उल्लेख छ । 

त्यस्तै, चुरे वनजंगल संरक्षण सम्बर्द्धनका लागि अनियमितता तथा बेथिति रोक्न प्रदेश सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउँदै डिभिजन वन कार्यालय पर्साद्वारा सञ्चालित योजनाहरु तथा यसअघि सिरहा वन क्षेत्र र मारुती सिमेन्ट उद्योग हाताभित्र रहेको वन बुयानको जग्गाबारे अनियमितता भएको भन्ने गुनासो छानविन गर्न ३ सदस्यीय छानविन समिति गठन गरिने भएको छ ।

प्रदेशवासीलाई वैदेशिक रोजगारमा जाँदा भोग्नुपरेको समस्याहरु सहज गर्न प्रदेश सरकारले गर्नसक्ने समस्याको समाधान आफैंले गर्ने तथा संघीय सरकारले गर्नुपर्ने सम्बोधनबारे आवश्यक पहल गर्ने सहमति पत्रमा उल्लेख छ । 

सहमति पत्रमा मधेस प्रदेश सरकारको तर्फबाट उद्योग, पर्यटन तथा वन राज्यमन्त्री मो. रहबर अन्सारी र चुरे तथा वनजंगल संरक्षण अभियानको तर्फबाट अभियानका राष्ट्रिय संयोजक सुनील यादवले हस्तक्षर गरेका छन् । 



सहमतिपश्चात् मुख्यमन्त्री यादवले चुरे क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी प्राकृतिक स्रोत साधनको संरक्षण र तराई मधेसलाई मरुभूमिकरण हुनबाट बचाउने सन्दर्भमा प्रदेश सरकार संवेदनशील रहेको बताए । 

उनले चुरे क्षेत्रमा हुने कुनै किसिमको अनियमितता तथा प्राकृतिक स्रोतको अवैज्ञानिक दोहन सरकारलाई कदापि सह्य नहुने जिकिरसकेत गरे । उनले मधेस प्रदेशमा भूमिहीनहरुको समस्या पनि गम्भीर भएकोले सो समस्या निराकरण गर्न आवश्यक देखिएको बताए । 



  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १९:१७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया