logo-img

सिन्धुलीमा भारतीय कार दुर्घटना हुँदा चारजनाको मृत्यु

सिन्धुलीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको कमलामाई नगरपालिका–३ मा कार दुर्घटना हुँदा तीनको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो ।   

बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार गएराति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए ।

कार करिब ५०० मिटर तल खसेको थियो । मृत्यु भएकाको सनाखत हुन बाँकी छ । कारमा पाँचजना सवार थिए । अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार ७:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया