logo-img

रास्वपा मयुरको प्वाँख टाँसेको कौवा हाे : महेश बस्नेत

नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी मयुरको प्वाँख टाँसेको कौवाजस्तै भएको टिप्पणी गरेका छन् । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समीक्षाका लागि आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले बोकेको राष्ट्रवाद नक्कली भएको टिप्पणी गरे ।

चितवन–२ का जनता नक्कली राष्ट्रवादबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न ।' 

आगामी उपनिर्वाचनमा रास्वपा उम्मेदवार रवि लामिछानेले एमालेका र कांग्रेसका उम्मेदवारलाई पछ्याउँदै तेस्रो बन्ने दाबी गरे । चितवन–२ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने र अन्ततः एमालेका उम्मेदवारको जित सुनिश्चित रहेको उनको भनाइ छ ।

राजनीतिमा जनताले कौवाले जिताए भने फेरि जनतालाई सम्झाउनु पर्छ,' उनले भने, 'चितवनका जनता सचेत छन् । चितवनका जनता त्यति मूर्ख छन् जस्तो मलाई लाग्दैन ।'





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार १६:२४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया