सरकारले पूरै समय काम गर्न पाउँछः सहमहामन्त्री परियार

नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सहमहामन्त्री परियारले सरकारले दलहरुका बीचमा भएको सहमति अनुरुप पूरा समय काम गर्ने बताएका हुन् । 

दलहरुका बीचमा भएको सहमति कार्यान्वयनमा समस्या नहुने उल्लेख गर्दै उनले संसदका विषयगत समिति छिटोभन्दा छिटो बनाउन सभामुखले आवश्यक पहल गर्नुपर्ने पनि बताए । 

वैशाख १० गतेपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सहमहामन्त्री परियारले बताए । 
 





  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १७:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया