logo-img

गगन थापालाई देवेन्द्र पौडेलको सुझाब : उत्तेजनामा होइन सोचेर बोल्नुस्, सरकारलाई सफल बनाउने दायित्व तपाईंकाे पनि हाे

नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता थापाको पनि भएको बताए । 

थापाले सार्वजनिक मञ्चहरुबाट सरकारको आलोचना गरिरहेको भन्दै उनले आलोचनाले सरकार सफल नहुने बताए । सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह गर्दै पौडेलले गठबन्धनलाई जोगाएर जनताको अपेक्षाअनुसारको काम गर्नुपर्ने बताए । 

सरकारका कमी, कमजोरीका बारेमा सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेरै दिन पनि पौडेलले महामन्त्री थापालाई आग्रह गरे । उनले भने, ‘गगन थापा हाम्रो गठबन्धनको मुल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ । सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो । आलोचना गरेर मात्रै सफल हुन्न । सहयोग गरेर पनि सफल हुन्छ ।’

सचिव पौडेलले माओवादी घटकहरु छिटोभन्दा छिटो एकताबद्ध हुनुपर्ने बताए । एकताबद्ध हुन ढिलो गरे ढुंगा खाने स्थिति आउनसक्ने उनले उल्लेख गरे । माओवादी आन्दोलनलाई पुनःजीवित गर्नुको विकल्प नभएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १८:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया