logo-img

उपेन्द्र मधेसको नाम भजाएर पटक–पटक मन्त्री भए, तर काम नगरी सत्तामा रमाए : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जसपा अध्यक्ष उपेन्द्र यादव मधेसको नाम भजाएर पटक–पटक मन्त्री बनेको तर मधेसको विकासमा उदासीन बनेको आरोप लगाएका छन् । मधेसका नाममा पटक–पटक मन्त्री हुने, तर विकासको काम नगर्नेलाई बारा २ को उपनिर्वाचनमा बारावासीले पराजित गर्ने उनको दाबी छ । 

आफू मन्त्री हुँदा मेचीदेखि महाकालीसम्म विकासका काम गरेको, तर उपेन्द्र यादव पटक–पटक मन्त्री हुँदा समेत काम नगरी सत्तामा रमाउने काम गरेको उनको आरोप छ । उपनिर्वाचन बारा २ मा आम सभा तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, ‘उपेन्द्र यादवसँग तपाईंहरुले सोध्नु विकासका लागि के के काम गर्‍यौ बताउनुस् ।’

शाहले जातको पछाडि नकुदी विकास गर्ने नेतालाई चुन्न सो क्षेत्रका मतदातालाई आग्रह गरे । प्रत्येक जातिमा सही र गलत मान्छे रहेकाले सही मान्छेलाई मतदान गर्नुपर्ने र गलतलाई बहिष्कार गर्नुपर्ने उनले बताए । 

हरेक निर्वाचनमा जिल्ला परिवर्तन गर्दै हिँड्ने तर विकासको काम नगर्ने नेतालाई पराजित नगरुन्जेलसम्म विकासको कल्पना समेत गर्न नसकिने उनले बताए ।





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार २१:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया