logo-img

बसको ठक्करबाट मोटरसाइकलमा सवार एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जिल्लाको गौशाला नगरपालिका–१ स्थित रामनगरको जंगलमा बुधबार दिउँसो करिब साढे १२ बजेको समयमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकै परिवारका तीनजनाको मृत्यु भएको हो । 

रामनगरमा निर्माणाधिन अवस्थामा रहेको रेल्वे ट्रयाकको २ सय मिटर उत्तर गौशाला रोडबाट गौशाला जाने क्रममा मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम तर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।  

मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–१० बस्ने २६ वर्षीय अमृत मण्डल, उनकी २४ वर्षीया श्रीमती अञ्जु मण्डल र ६ वर्षकी भतिजी अन्सु मण्डल रहेको डीएसपी गिरीले बताए । 
ठक्कर दिने बसका चालक फरार भएकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १६:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया