logo-img

आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा

नेपाली सेनाद्वारा आयोजित यस वर्षको सैनिक आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचारलगायत विषयमा जानकारी गराउन केही वर्षदेखि यस्तो कार्यक्रम सैनिक मुख्यालयमा सञ्चालन हुँदै आएको छ ।
 
प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रम समापनका अवसरमा सकलदर्जालाई  सम्बोधन गर्दै आचारसंहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएकाले त्यो नै सैनिक पेसाको मुख्य शक्ति रहेको बताए । उनले भने, 'हरेक सिपाहीले सैनिक आचरणको निरन्तर स्मरण र पालना गर्नुपर्छ, यो सैनिकको धर्म र कर्म हो ।' 

प्रधानसेनापतिले संगठनको विशिष्टता कायम राखी राख्न चेन अफ कमाण्डलाई पूर्णरुपमा अनुशरण गर्दै एकढिक्का भई सेनाको मूल्य र मान्यताअनुरुप संगठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिए । 
 
कार्यक्रमा सैनिक मूल्य मान्यता, परम्परा र शिष्टाचार, सामाजिक सञ्जालको प्रयोग, भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोबार एवं बजेटलगायतका विषयमा सकल दर्जालाई ज्ञान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका  शिक्षक र शिक्षार्थीले पालना गर्नुपर्ने आचारसंहिता, भर्ना छनोट, लैंगिक आचरण तथा उपहारसम्बन्धी आचारसंहितामा विषय विज्ञबाट ज्ञानवर्द्धक प्रस्तुति भएको थियो । उक्त कार्यक्रम सेनाका सम्पूर्ण युनिटमा कार्यरत सकलदर्जामा पुग्ने गरी प्रत्यक्ष प्रसारण गरिएको थियो ।





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १८:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया