logo-img

घाँस काटिरहेकी महिलालाई लिने बाघलाई नियन्त्रणमा गर्न टोली परिचालन

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइमा महिलाईलाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ ।
 
निकुञ्जका डा. दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको छ । बर्दिया निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवडिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण गर्नका लागि शुक्रबारदेखि नै परिचालन भएको छ । 

‘शुक्रबारनै बाघलाई नियन्त्रणमा लिनका लागि धेरै प्रयास गर्यौँ, राति भइसकेकाले डार्टन गर्न सकिएन’, सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले भने, ‘अग्लो घाँस हुँदा बाघलाई नियन्त्रमा लिन गाह्रो भएको छ ।’

दुई/दुई मिटरको दूरीमा घेरा हालेर बाघलाई नियन्त्रणमा लिने प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए । उनका अनुसार बाघ अहिले पनि सोही क्षेत्रमा देखिए पनि बेपत्ता महिला भने फेला पर्न सकेकी छैनन् । बाघ नियन्त्रण गर्नका लागि पुनः टोली केही छिनमै परिचालन हुन लागेको प्रमुख यादवले जानकारी दिए ।

शुक्रबार बिहान ९ बजे खेतमा घाँस काटदै गरेकी स्थानीय अन्दाजी ४५ वर्षीया गङ्गादेवी चन्दलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो । बाघले महिलालाई आक्रमण गरी लगेपछि खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीको  तीव्र बनाए पनि महिलालाई अझै पनि फेला पार्न सकेका छैनन् । 

भारतीय दुधुवा नेशनल पार्कबाट बाघ नेपाली बस्तीमा पसेको बताइएको छ । सीमा क्षेत्रमा दिउँसै ओहरदोहर गर्दै आएको बाघले महिलालाई आक्रमण गरी बेपत्ता बनाए पछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ ।  





  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार ९:४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया