logo-img

विराटनगरमा प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार, तीन प्रहरी घाइते

शनिबार दिउँसो विराटनगरमा प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको छ। पहिचानवादी आन्दोलनकारीले प्रहरी लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन्।

आन्दोलनकारीले पेट्रोल बम प्रहार गर्दा तीनजना प्रहरी घाइते भएकाे मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । प्रहरीले आज ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको उनले बताए। 

कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप भएको हो। आन्दोलनकारीतर्फ पनि एकजनालाई गोली लागेको दाबी गरिएकाे छ। तर प्रहरीले भने गोली नचलाइएको बताएको छ। 

चैत ५ गते  मा विराटनगरमा प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा  पुनः नामांकन गर्नुपर्ने भन्दै  प्रदर्शन भएको थियो। सोही दिन घाइते भएका लिम्बूको चैत १० मा मृत्यु भएको थियो। 

सरकारले उनलाई सहिद घोषणा गरेपछि आज उनको अन्त्येष्टि हुँदै छ। उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। 





  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार १६:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया