logo-img

प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेस

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य शरण राईले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम  आयोगको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै संविधानको मर्मअनुसार मुलुकको विकास र समृद्धिका निमित्त हामी सबै समावेशिताका साथ आगाडि बढ्नुपर्नेमा जोड दिए । मुलुकको राष्ट्रिय एकता बलियो बनाउन सबैले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिँदै उनले आयोगले यस कार्यमा थप सशक्त बनाउन केन्द्रित रहेको प्रतिवेदनबाट स्पष्ट भएको बताए । 

प्रदेश प्रमुख खापुङले भने, 'नेपाल बहुजातजाति, बहुधार्मिक, बहुसंस्कृति र भौगोलिक विविधता भएको मुलुक हो, संविधानले समानुपातिक, समावेशितालाई जोड दिएको छ ।'
 
आयोगका सदस्य राईले प्रतिवेदन पेस गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति, र परम्परागत पेसालाई संरक्षण सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेट उल्लेख गर्न आग्रह गरे । 





  • प्रकाशित मिति : वैशाख ११, २०८० साेमबार १९:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया